विशेष समाचार
पोस्ट सूची
पोस्ट स्लाइडर
स्वास्थ्य
एमाले ११ औँ महाधिवेशन : युवा नेता बस्नेतद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी
विराटनगर। नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो।
कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहनु भएको बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको महसुस गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ। उहाँले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको प्रष्ट पार्नु भयो।
लामो समय देखि एमालेको राजनीतिमा सक्रिय बस्नेतले युवा संघ नेपालको मोरङ उपसचिवदेखि उपाध्यक्ष, युथ फोर्स मोरङका प्रमुख, युवा संघ नेपालको केन्द्रीय सचिव, कोशी अञ्चल सहसंयोजक, उपाध्यक्ष, एमाले मोरङको सचिवालय सदस्यसम्मको जिम्मेवारी पूरा गरिसक्नु भएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य समेत रहनु भएको बस्नेतले आफ्नो कार्यकालमा खेलकुद गतिविधिलाई थप गतिशील बनाउन सफल हुनु भएको थियो।
लामो समय देखि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेको बस्नेतले ११औँ राष्ट्रिय महाधिवेशनमा ओली समूहबाट उम्मेदवारी दर्ता गराउनु भएको हो।
अर्थतन्त्र
एमाले माथि हिंसा हुँदा कार्यकर्ताहरू टुलुटुलु हेरेर मात्रै नबस्ने अध्यक्ष बस्नेतको चेतावनी
विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमाले माथि हमला हुँदा पार्टीका नेता-कार्यकर्ताहरू टुलुटुलु हेरेर, हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभएको छ। आज बारामा विमानस्थल बाहिर जेन-जी युवाहरू र एमालेका कार्यकर्ताहरूको झडपलाई लक्षित गर्दै बस्नेतले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सामाजिक अराजकताको विरुद्ध पार्टीका कार्यकर्ताहरू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनु भएको हो।
बस्नेतले अवैधानिक सरकारले राजनीतिक दलले कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सहभागी हुन पाउने संविधान प्रदत अधिकारबाट एमालेलाई बंचित गर्ने सामाजिक अराजकताको विरुद्ध कारबाही गर्नु पर्ने माग समेत गर्नु भएको छ। उहाँले सरकारले अराजकतालाई प्रश्रय दिने तरिकाले अघि बढेकोले यस्तो माहोलमा देशमा चुनाव सम्भव नभएको धारणा व्यक्त गर्नु भएको थियो।
आज बारास्थित परवानीपुरमा राष्ट्रिय युवा संघले आयोजना गर्ने भनिएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेललगायतको नेता सिमरा विमानस्थल हुँदै कार्यक्रमस्थल पुग्ने खबर सँगै आन्दोलित जेन-जी युवाहरूले विमानस्थल बाहिर प्रदर्शन गरेका थिए। सो क्रममा एमालेका कार्यकर्ता र जेन-जी युवाहरूको झडप समेत भएको थियो।
पोस्ट क्यारोसेल
ताजा खबर
एमाले ११ औँ महाधिवेशन : युवा नेता बस्नेतद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी
विराटनगर। नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल…
एमाले माथि हिंसा हुँदा कार्यकर्ताहरू टुलुटुलु हेरेर मात्रै नबस्ने अध्यक्ष बस्नेतको चेतावनी
विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमाले माथि हमला हुँदा पार्टीका नेता-कार्यकर्ताहरू टुलुटुलु हेरेर, हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभएको छ। आज बारामा विमानस्थल…
उपत्यकाबाहिरका जात्रा
बागलुङको हनुमान जात्रा, बझाङको विरीजात मेला, जुम्लास्थित चन्दननाथ मन्दिरको ५२ हाते लिंगो ठड्याउने जात्रा र पाल्पाको भगवती जात्राका अनेक किंवदन्ती छन्, यी जात्रा–मेलाले समाज र संस्कृतिलाई जीवन्त राखेका छन् ।…
गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृति
काठमाडौँ — इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको…
भारत बाहेकका देशबाट सेवा आयात गर्दा पाउने सटही सुविधा ३ हजार डलर बढ्यो
२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर…
